दफा १८
उपाध्यक्षको काम, कर्तव्य र अधिकार
– (१) उपाध्यक्ष कोषको कार्यकारी प्रमुख हुनेछ र निजले अध्यक्षको निर्देशनमा कोषको कामकाज सञ्चालन गर्नेछ ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक उपाध्यक्षको अन्य काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः –
(क) कोषको दैनिक कार्य सुचारुरुपले सञ्चालन गर्ने सम्बन्धमा कार्यकारी निर्देशकलाई निर्देशन दिने,
(ख) कोषबाट सञ्चालित कार्यक्रमको अनुगमन, मूल्याङ्कन तथा निरीक्षण गर्ने गराउने,
(ग) कोषको वार्षिक प्रतिवेदन समयमै तयार गर्न लगाउने,
(घ) कोषको उद्देश्य प्राप्तिको लागि तोकिएबमोजिमका अन्य काम गर्ने गराउने।